नेपाल किसान मजदुर पार्टी विशेषाङ्क



नेपाल मजदुर किसान पार्टी नेपालमा गणतन्त्रको पक्षमा र बैदेशिक हस्तक्षेपको विरुद्ध सधै संघर्ष गदैँ आएको वामपन्ति पार्टी हो । नेपाल मजदुर किसान पार्टी नेपालको लोकतान्त्रिक आन्दोलन पश्चात नेपाली जनताले प्राप्त गरेका राजनीतिक अधिकारहरुको संरक्षण, सम्वद्र्धन र प्रयोग गर्दै नेपाललाई आर्थिक सम्वृद्धिको स्तरमा पु¥याउने र नेपाली जनताको आर्थिक स्तर उच्च बनाउने उद्देश्यले गठन भएको पार्टी हो । वामपन्ति पार्टी भएपनि हाल नेपालका ठुला वाम दलहरुको गठबन्धनमा सहभागी नरहेको नेपाल मजदुर किसान पार्टी राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा सधै खरो रुपमा आफुलाई उभ्याउदै आएको छ । मजदुर किसान पार्टीले पनि नेपालमा भष्टाचार मुक्त र सुशासन यूक्त सामाजिक न्याय सहितको समाजको परिकल्पना गर्दै आइरहेको छ । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभाको र प्रदेश सभाको निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ । चुनावमा मादल चुनाव चिन्हमा मतदान
गरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिनिधि सभाको लागि प्रत्यक्ष बाँके क्षेत्र नं. १

उम्मेदवारको नाम ः खड्ग राज थापा

जन्ममिति ः २०३८÷०५÷०१ गते
ठेगाना ः साततला दैलेख
हाल ः कोहलपुर न.पा.–५ बाँके
शैक्षिक योग्यता ः स्नातक
राजनीतिक पृष्ठभूमि ः–
१. नेपाल क्रान्तिकारी विद्यार्थी संघ गाउँ कमिटी अध्यक्ष (२०४९), विजया उच्च मावि दैलेख एकाई कमिटी सदस्य
दैलेख (२०५२ देखि २०५६), नेपाल क्रान्तिकारी विद्यार्थी एकाई सह–सचिव बहुमुखी क्याम्पस सुर्खेत(२०५७) नेपाल क्रान्तिकारी यूवा संघ जिल्ला
समिति सदस्य(२०५९ देखि २०६३) ने.म.की.पा. गाउँ समिति सचिव
(२०५९ देखि २०६३) दैलेख, संगठन निर्माण विस्तार र शिक्षण अछाम
(२०६३–२०६६), साततला सत्य संगा्रम प्रावि दैलेख ११ वर्ष शिक्षण, ने.म.
की.पा. कोहलपुर नगर समितिको
अध्यक्ष(२०७० देखि हाल सम्म), जिल्ला समिति सह–सचिव (२०७२) ।
उम्मेरवारी किन ?
१. समाजमा भएको अन्या अत्याचार भण्डाफोर गर्नेछु ।
२. गरिब किसानहरुलाई नपाएको अधिकार दिलाउने प्रयास हुनेछ ।
३. शिक्षा स्वास्थ्य निःशुल्क बनाउनेछु ।
४. विकासमा हुने अनियमितता भष्टाचार पन्छाउनेछु । त्यसैले नेपाल किसान मजदुर पार्टीको चुनाव
चिन्ह मादल मा मतदान गरी विजय बनाउन सबैमा अनुरोध गर्दछु ।

प्रतिनिधि सभाको लागि सामानुपातिक बाँके क्षेत्र नं. १

उम्मेदवारको नाम ःगोमा शाही
जन्ममिति ः २०२२÷०१÷१४ गते
ठेगाना ः जम्बुकाद, दैलेख
हाल ः कोहलपुर नपा–११ बाँके
शैक्षिक योग्यता ः साक्षर
राजनीतिक पृष्ठभूमि ः– बहुदलको पक्षमा शघर्षशिल २०३६–०४५, पार्टीको संगठन २०४७, जिल्ला कमिटि सदस्य २०४७, संसदीय निर्वाचनमा बाँके क्षेत्र नं.१ बाट २०५४, कोहलपुर गाविसको अध्यक्षको उम्मेदवार २०५६, राज्य पक्षबाट शाररिक यातना पाएको २०५९ हाल सम्म पनि उपचार गराइरहेको, २०६४ मा प्रतिनिधि सभाको बाँकेबाट सामानुपातिक तर्फको उम्मेदवार, २०७० को संविधानमा प्रत्यक्ष तर्फको उम्मेदवार, नेपाल क्रान्तिकारी महिला संघ जिल्ला कमिटि सदस्य हाल सम्म, महिला संघको केन्द्रिय सदस्य, २०६५–०६७, तथा
हाल सम्म सलाहाकार ।
मेरो उम्मेदवारी किन ?
१. देशको आर्थिक उन्नति, भ्रष्टाचारमूक्त, महिला अधिकार र महिला माथि हुने हिंसाको अन्त्य यूवाहरुलाई स्वदेशमै रोजगारी, देश र सिमाको रक्षा गर्ने, सबै निकायमा महिलाको ५० प्रतिशत सहभागिता अनिवार्य, शिक्षा स्वास्थ्य निःशुल्क, समाजवाद देखि साम्यवाद सम्म अधिकार नपाउनजेल संर्घष शिल हुनेछु । चुनावमा पराजय भएपनि निरन्तर जनताको हित हुने काममा लाग्ने छु । त्यस कारण नेपाल किसान मजदुर पार्टीको चुनाव चिन्ह मादल मा मतदान गरी विजय बनाउन सबैमा अनुरोध गर्दछु ।

प्रदेशसभाको लागि प्रत्यक्ष तर्फ बाँके क्षेत्र नं.१ ‘ख’

उम्मेदवारको नाम ः मुन प्रसाद आचर्या
जन्ममिति ः २०१५÷०७÷२१ गते
ठेगाना ः विराट–७ जुम्ला
हाल ः कोहलपुर न.पा.–११ शिवटोल बाँके
शैक्षिक योग्यता ः प्रविणता पमाणपत्र तह
राजनीतिक पृष्ठभूमि ः–
१. प्रजातान्त्रिक आन्दोल २०४६ मा सक्रिय
सहभागिता रहेको, ने.म.कि.पा.सदस्य, न.म.कि.पा.को नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समिति
सदस्य जुम्ला २०५७, वडा कमिटी सदस्य २०५२, ईलाका कमिटि उपाध्यक्ष २०६०–०६९, ने.म.कि.पा.कोहलपुर नगर कमिटि कोषाध्यक्ष
२०७०, जिल्ला कमिटी सदस्य जिल्ला कमिटि बाँके २०७२,
उम्मेरदवारी किन ?
१. देशको जनताको अधिकारको रक्षा मजदुरको पाटी भएकोले मजदुरकै वकालत गर्नेछु ।
२. देश र जनताको हित हुने काममा निरन्तर लागिरहनेछु ।
३. देशका नदी नाला बेच्ने विरुद्धमा लाग्नेछु ।
४. जनजीवीकाको विषयमा वकालत गरिरहनेछु ।
५. पदमा रेहपनि नरहेपनि निरन्तर जनताकै सेवामा लाग्नेछु ।त्यस कारण नेपाल किसान मजदुर पार्टीको चुनाव
चिन्ह मादल मा मतदान गरी विजय बनाउन सबैमा अनुरोध गर्दछु ।

प्रदेशसभाको लागि सामानुपाति तर्फ बाँके क्षेत्र नं.१ ‘ख’

उम्मेदवारको नाम ः कोकीला शाही
जन्ममिति ः २०३६÷०४÷२२ गते
ठेगाना ः दैलेख
हाल ः कोहलपुर न.पा.–११, बाँके
शैक्षिक योग्यता ः माध्यामिक तह
राजनीतिक पृष्ठभूमि ः–
नेपाल क्रान्तिकारी महिला संघ २०६८, जिल्ला कमिटि सदस्य २०७२, नेपाल क्रान्तिकारी महिला संघ जिल्ला कोषाध्यक्ष (टोल सुधार समिति) वडानागरिक मञ्चको अध्यक्ष भई काम गरेको,
उम्मेरदवारी किन ?
१. शोषण, दमन र अत्याचार विरुद्ध, लागि
रहनेछु ।
२. देश र जनताको हित हुने काममा निरन्तर
लागिरहनेछु ।
३. समाजवादी व्यवस्था कायम गर्ने निरन्तर लागि रहनेछु ।
४. जनजीवीकाको विषयमा वकालत गरिरहनेछु ।
५. पदमा रेहपनि नरहेपनि निरन्तर जनताकै सेवामा लाग्नेछु ।त्यस कारण नेपाल किसान मजदुर पार्टीको चुनाव चिन्ह मादल मा मतदान गरी विजय बनाउन सबैमा अनुरोध गर्दछु ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २२ गते बुधबार