23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

दुख निवारण महालक्ष्मी यज्ञ हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४  

कोहलपुर,२२ कार्तिक/  सम्पुर्ण दुख– कष्ट निवारणका लागि आउँदो माघ १ गते देखि ८ गते सम्म कोहलपुरमा दुख– कष्ट निवारण महालक्ष्मी यज्ञ तथा धार्मिक उत्सव सञ्चालन गरिने भएको छ ।
राष्ट्र शान्ति ज्योतिष अभियानले सञ्चालन गर्न लागेको सो अभियानमा यतिबेला कर्ता बनाउने काम भइरहेको आयोजकले बताएका छन ।

सो उत्सवका कर्ताले सिद्ध गरिएको स्फ्टिक श्रीवृद्धि महालक्ष्मी यन्त्र पाउने र उक्त यन्त्र घर पसल संस्था आदिमा राखेमा धन लक्ष्मीको बास हुने र चमत्कारिक उपलब्धि हुने विश्वास गरिएको छ ।

सो उत्सवको लागि कर्ता बनेमा सम्पुर्ण दुख– कष्ट निवारण हुने ,सबै व्यवसाय र घरमा सम्पत्तिको वृद्धि हुने सम्पुर्ण रोगबाट मुक्ति हुने दिर्घायु र सम्पूर्ण पाप रताप बाट मुक्ति मिल्ने विश्वास गरिएको छ । कर्ता सो उत्सवको लागि १५ दिन भित्र कर्ता बन्न सकिने छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४     7:55:40 AM  |