नेपालगञ्ज, २२ कात्तिक/ राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा क्षेत्रीय स्तरको मानव अधिकार स्रोत केन्द्र स्थापना गरिएको छ ।
आयोगका सदस्य सुदीप पाठकले एक कार्यक्रमका वीच क्षेत्रीय स्रोत केन्द्रको मंगलबार उद्घाटन गरेका हुन् ।
स्रोत केन्द्रको उद्घाटन गर्दै आयोगका सदस्य पाठकले सरकारी, गैर सरकारी तथा मानव अधिकार रक्षकहरुवीच निरन्तर समन्वय र सहकार्य भएमा मात्र मानव अधिकारको संरक्षण हुने बताए ।
आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले आयोगका प्रकाशन तथा अन्य मानव अधिकार सम्वन्धि विभिन्न पाठ्यपुस्तकहरुको संरक्षण तथा अभिलेखन गर्न एव्म स्रोत केन्द्रमा आम सर्वसाधारणले अध्ययन, अनुसन्धान तथा इन्टेरनेटको प्रयोगबाट मानव अधिकार सम्बन्धी विषयमा जानकारी लिन सक्ने बताए ।
उनले स्रोत केन्द मार्फत पत्र पत्रिका, विभिन्न प्रकाशनका पाठ्य पुस्तकहरु, कम्यूटर, इमेल इन्टरनेट आदिका माध्यमबाट सर्वसाधारणले आयोगको स्रोत केन्द्रमा आएर अध्ययन गर्न सक्ने बताए ।
स्रोत केन्द्रमा सर्वसाधारणका लािग मानव अधिकार सम्बन्धी सम्पूर्ण पाठ्यपुस्तक, जानकारी मुलक पुस्तिका,निशुल्क इमेल तथा इन्टरनेटको प्रयोग, पत्र पत्रिका अध्ययन गर्ने व्यवस्था मिलाइएको आयोगका सूचना अधिकारी टंक खनालले जानकारी दिए ।
आयोगका सदस्य पाठकले मंगलबार नै जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखहरुसंग भेटघाट गरी आगामी निर्वाचनलाई मानव अधिकार मैत्री बनाउनका लागि निर्देशन दिए ।
उनले समग्र निर्वाचन प्रक्रिया मानव अधिकार मैत्री जस्तै अपाङ्ग, जेष्ठ नागरिक, अशक्तलाई प्राथमिकता दिई मर्यादिक रुपमा सम्पन्न भए नभएको सन्दर्भमा आयोगले अनुगमन गर्ने बताए । आयोगले बुधावार नेपालगञ्जमा वातारण प्रदुषण र वातावरण मैत्री विकासका सवालमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्