23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

वृद्धवृद्धाहरुसँग आर्शिवाद लिएर चुनावी अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४  

नयाँ शक्ति पार्टी नेपाल बाँकेले मंगलबार वृद्धवृद्धाहरुसँग आर्शिवाद लिएर चुनावी अभियान शुरु गरेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टीले वृद्धवृद्धाहरुसँग आर्शिवाद लिएर चुनावी अभियान शुरु गरेको हो ।

नेपालगन्ज स्थित निलसागर वृद्धआश्रममा रहेका ८७ वर्षिय वृद्धा रामचन्द्र खनाल र ७५ बर्षिय जुनकीरी शाहीसँग आर्शिवाद लिएर नयाँ शक्ति पार्टीले चुनावी अभियान शुरु गरेको हो ।

८७ वर्षिय वृद्धा खनालले सबै उम्मेदवारलाई टिका लगाई देश परिवर्तन गर्न आफैबाट शुरुवात गर्न आर्शिवाद दिए । गल्ती कहिल्यै नगर्नु, संसारलाई चिनाउने काम गर्नु, सोचेको काम पुरा होस् र विजय भएर देखाउन आशिर्वाद दिएका थिए ।

नयाँ शक्ति पार्टीले प्रतिनिधिसभा क्षेत्र नं.२ प्रत्यक्ष उम्मेद्वार बेद प्रसाद आचार्य, प्रदेशसभा क्षेत्र नं.२ क प्रत्यक्ष उम्मेद्वार फकुल्ला पठान, प्रदेशसभा क्षेत्र नं.२ ख प्रत्यक्ष उम्मेद्वार सुनिल कुमार सिंघल र समानुपातिक उम्मेद्वारहरुमा प्रदेशसभामा राजन राना मगर, रानी राई, गजाघर सुनार र कृष्णा कुमारी भण्डारी रहेका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४     7:19:16 AM  |