कोहलपुर, २२ कात्तिक/ कोहलपुरमा मंगलबार भएको लायन्सहरुको भेलाले लायन्स क्लब इन्टरनेशनल ३२५द्यद्द का डिष्ट्रिक्ट गभर्नर लायन मधुसुदन शर्माको प्रमुख आतिथ्यतामा कोहलपुरमा क्लब गठन भएको हो । कोहलपुर क्षेत्रका महिलाहरु पनि विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५द्यद्द२५ अन्तर्गत रहेको क्लबमा संगठित भएका छन् ।
मंगलबारको भेलाबाट हुमकला गिरीको अध्यक्षतामा १९ सदस्यीय लायन्स क्लब अफ कोहलपुर सयपत्री गठन भएको छ । जसको प्रथम उपाध्यक्षमा कमला कान्ती पौडेल, द्वितीय उपाध्यक्ष सरस्वती शर्मा, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा अमृता शर्मा, टेल ट्युस्टर अञ्जना धिताल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा पवित्रा ढकाल, संगिता सुवेदी, शान्ति गैरे, सरस्वती अधिकारी लगायत रहेका छन् । भेलामा ला.चिन्तामणि धिताल, टिपी न्यौपाने, लक्ष्मणराज पौडेल समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्