18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

संविधानकै परिकल्पना अनुरुप बाम एकता भएको उपाध्यक्ष गौतम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४  

रावन बिश्वकर्मा : बर्दिया, २१ कात्तिक/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले सविधानले राज्यलाई समाजवाद उन्मुख बनाउने परिकल्पना गरेकाले त्यसलाई सार्थक पार्न वामपन्थी एकता भएको बताएका छन् । सोमबार बर्दियाको लक्ष्मणपुरमा बाँसगढी नगर स्तरीय संयूक्त कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । गौतमले अरुले भने जस्तो वामपन्थी राज्यसत्ताले निरंकुशता होईन बरु मानिसको आधारभुत आवश्यकतालाई प्रत्याभुत्त गर्ने र पूर्ण स्वतन्त्रता दिने बताए ।
बाँसगढी नगर स्तरीय संयुक्त निर्वाचन समिति गठन गर्ने उदेश्यले गरिएको भेलाले तिलक हमालको अध्यक्षतामा १ सय १७ सदस्यीय स्थानीय तह स्तरीय संयूक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो । त्यस्तै भेलाले पार्टी एकता समायोजन समिति पनि गठन गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको उपस्थितिमा भएको कार्यक्रममा एमाले माओवादीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका भुवन कुमार थारुले केन्द्र र जिल्लाले गरेको निर्णय सार्वजनिक गर्नुका साथै अभियानलाई कार्यान्वयन गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका थिए । सोमबार नै बढै्यातालको कालिकामा पनि बढैयाताल गाउँपालिका स्तरीय कार्यक्रम भएको नेकपा एमाले जिल्ला सचिव शालिकराम अधिकारीले जानकारी दिएका दिए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४     8:01:06 AM  |