रावन बिश्वकर्मा : बर्दिया, २१ कात्तिक/ बर्दियाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरमा ‘विद्यार्थीसँग उल्यालो कार्यक्रम’ अन्तर्गत सोलार बत्ती वितरण गरिएको छ ।
जनसंख्या तथा वातावरण मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले विद्यार्थीसँग उज्यालो कार्यक्रम अन्तगर्त २ सय १० ओटा सोलार बत्ती विद्यार्थीहरुलाई वितरण गरिएको हो ।
वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ‘विद्यार्थीसँग उज्यालो कार्यक्रम’ का प्रतिनिधि श्रीधर न्यौपानेको उपस्थितिमा नेरा मावि लक्ष्मणपुरका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि सोलार बत्ती वितरण गरिएको थियो ।
सौर्यबत्ती वितरण कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि टेवा पुग्ने विश्वास लिइएको छ । वितरण गरिएको सोलार बत्तीबाट २ ओटा बल्बहरु जडान गर्न सकिने, बि.पि फ्यान चलाउन र मोबाईल चार्ज गर्न सकिने क्षमता रहेको जनाइएको छ ।
करिब ५ हजार बराबर बजार मुल्य रहेको २ सय १० ओटा सोलार बत्तीको करिब साढे १० लाख मुल्य पर्ने सौर्यबत्ती विद्यालय मार्फत विद्यार्थीहरुलाई वितरण गरिएको हो । विद्यार्थीसँग उज्यालो कार्यक्रमले विद्यालयको समग्र प्रगति र समृद्धिको पक्षमा अतुलनिय सहयोग गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्