निर्वाचनमा परिचालित गर्न संयूक्त युवा समिति गठन



कोहलपुर, २१ कात्तिक/  आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको लागि युवा परिचालन गर्ने सम्वन्धमा बाँकेमा रहेका युवा संघ नेपाल र वाईसियल नेपालको संयूक्त बैठकबाट विभिन्न समितिहरु निर्माण गरिएको छ ।

सोमबार नेपालगञ्जमा एमाले नेता दिनेशचन्द्र यादव र माआवादी केन्द्रका नेता प्रकाश सुवेदीको प्रमुख आतिथ्यतामा बसेको बैठकले युवाहरुलाई परिचालन गर्न बाँकेका प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ गरी ९ जना उम्मेदवारलाई विजय गराउन युवा संगठनलाई परिचालन गर्ने युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले बताए ।

बैठकले युवा संघ बाँकेका अध्यक्ष किशोर थापा संयोजक र वाईसियल बाँकेका अध्यक्ष सुरज जागा सह–संयोजक रहेको ११ सदस्यीय समिति गठन गरेको छ । बैठकले क्षेत्र नं.१ मा ज्ञानेन्द्र वली, १ को ‘क’ मा गिरीराज भुषाल, ‘ख’ मा कुन्ती रानालाई संयोजक तोकेको छ ।

त्यस्तै क्षेत्र नं.२ को संयोजकमा विक्रम गिरी, ‘क’ मा भ्यास चन्द्र किश्र, ‘ख’ मा डम्मर बुढाथोकी, क्षेत्र नं.३ को संयोजकमा सुमन रावल, ‘क’ मा राजु रुचाल र ‘ख’ मा राजकुमार रुचाललाई संयोजक तोकेको छ । युवा संघको संयूक्त कार्यालय एमाले पार्टी कार्यालयमै रहने संयोजक किशोर थापाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २१ गते मंगलबार