19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

ठाकुरद्वारादेखि काठमाण्डौ सम्म एसी डिलक्स सेवा शुरु हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४  

यात्रुहरुको चाहानालाई ध्यानमा राखी मेट्रो सर्भिस प्रा.लि.ले बुधबार देखि आफ्नो सेवा शुरु गर्दैछ । आधुनिक सेवा सहितका मेट्रो एसी डिलक्स बस रात्री तथा दिवा सेवा बर्दियाको ठाकुरद्वारा देखि काठमाण्डौ सम्म शुरु हुने प्रा.लि.का प्रमुख झरण मल्लले बताएका छन् ।

ठाकुरद्वाराबाट भुरीगाउँ, कर्तिनिया, बाँसगढी, कोहलपुर हुँदै काठमाण्डौं सम्मको रुट कायम गरिएको प्रालि का अध्यक्ष गोपाल पुनले जानकारी गराएका छन् ।

प्रा.लि. मा हाल रात्री सेवा र दिवा सेवा गरी दुई वटा मेट्रो एसी डिलक्स बस रहेका र चाडै ने यस प्रालिमा अन्य एसी डिलक्स बसहरु थपिने प्रमुख मल्ले बताए । यात्रुहरुलाई सुविधाको लागि यात्रा गर्दा पानी, खानाको समेतको व्यवस्था रहेको अध्यक्ष पुनले बताएका छन् ।

प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     7:23:34 AM  |