15 July 2024  |   सोमवार, असार ३२, २०८१

बाँकेमा १ सय ३ जनाको उम्मेदवारी कायम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४  

कोहलपुर, २० कात्तिक/  प्रतिनिधिसभा र प्रदेशसभाको लागि बाँकेमा १ सय १२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएकोमा निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन निर्धारण गरेको समय सम्म ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेहरुमा स्वतन्त्र उम्मेदवारको हैसियतले उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलआवद्ध असन्तुष्ट नेताहरु रहेका छन् ।
उनीहरुले अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी गराएका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा क्षेत्र नं.१ प्रतिनिधिसभाका उम्मेदवार सुरेश कुमार चौधरी, सविर खाँ, कृष्ण कार्की, १ ‘क’ का अम्बर खड्का, हेमकुमार यादव, क्षेत्र नं.२ ‘क’ की सरोज कुमारी यादव, मुगबहादुर शाह, धु्रव दाहाल, क्षेत्र नं.३ ‘क’ का राष्ट्रिय जनमूक्ति पार्टीकी शकुन्तला पुन लगायतले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार नै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली सहित उम्मेदवारलाई निर्वाचन चिह्न समेत प्रदान गरेको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     7:11:21 AM  |