शनिबार कोहलपुरमा सम्पन्न कोहलपुर सुधार समाजको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट चण्डी प्रसाद गैरे अध्यक्षमा निर्वाचित भएका छन् । गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा भुपेन्द्र जिसी, सचिवमा हेम विक्रम जिसी र कोषाध्यक्षमा मिना कुमारी चपाई निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा लिला वल्लभ तिवारी, यादव कुमार बस्याल, टंक भुषाल, देविलाल बोहरा, मुकुन्द पौडेल, बखत बहादुर के.सी. र मञ्जु भण्डारी रहेका छन् । अध्यक्षमा निर्वाचित भएपश्चात आफ्नो धारणा राख्दै गैरेले आफ्नो कार्यकालमा विशेष गरी कोहलपुर क्षेत्रमा स्वास्थ्य, सरसफाई र वृक्षारोपण कार्यलाई बढी महत्व दिने बताए । साथै कोहलपुर नगरपालिकाले कोहलपुरलाई हरित कोहलपुर बनाउने योजना ल्याएमा हरित कोहलपुर अभियानलाई पनि समाजको वार्षिक कार्ययोजनामापारी विशेष स्थान दिने उनको भनाइ छ ।
प्रकाशित मिति : २०७४ कात्तिक १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्