लेखा सम्वन्धी तालिम सम्पन्न



कोहलपुर, १९ कात्तिक/  कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा उद्यागी व्यापारीहरुलाई एक दिन लेखा सम्वन्धी तालिम दिइएको छ । बैजनाथ गाउँपालिका अन्तर्गत चाँदनी र जी गाउँका उद्योगी व्यापारीहरुलाई आफ्नो उद्योग व्यवसायको आर्थिक हिसाव किताव कुन विधि प्रक्रियामा राख्दा व्यवसायको स्पष्ट आर्थिक अवस्थाको व्यवसायलाई सजिलै जानकारी हुन्छ, त्यसको बारेमा तालिम दिइएको थियो ।
व्यवसायमा आयव्यय र नाफा नोक्सान महत्वपूर्ण विवरण हुने भएकाले यसको अभिलेख राख्ने तरिकाको बारेमा प्रविण एण्ड सराओगी कम्पनीका चार्टर अकाउन्टेन्ट प्रविण सराओगीले तालिम दिएका थिए ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले उद्घाटन गरेको सो तालिममा वाणिज्य संघका सदस्यहरु, स्थानीय चाँदनी र जी गाउँका उद्योगी व्यवसायी गरी तालिममा ५० जनाको सहभागिता रहेको थियो । तालिमको सञ्चालन कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १९ गते आइतबार