रक्तदान कार्यक्रम सम्पन्न



कोहलपुर, १९ कात्तिक/ कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कूलमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्कुलका पूर्व विद्यार्थी संदीप जङ्ग शाहको अध्यक्षतामा रहेको संगठन गुप्स एलुमुनि एशोशियशनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको होे ।
‘‘रक्तदान, जीवन दान’’ भन्ने नारा सहित गरिएको रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेको गोरखा युनाईटेड स्कुलका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिए । गोरखा स्कुलका संस्थापक निर्देशक केशर बहादुर आलेको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा भूतपुर्व विद्यार्थीहरु, अभिभावक, शिक्षक तथा कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १९ गते आइतबार