कोहलपुर, १९ कात्तिक/ “स्वरोजगारी मै समझदारी” भन्ने उद्देश्यका साथ गत असोज २० गतेदेखि शुरु भएको पानस अटो मोटर्स पार्टस्को स्वरोजगार ¥याली शनिबार कोहलपुरमा आई पुगेको छ । पूर्वको मेची देखि शुरु भएको बजार प्रमोशनको लागि महाकाली सम्म पुग्ने सो ¥याली शनिबार कोहलपरको न्यूरोडमा सांगितिक कार्यक्रम सहित क्याम्पिङ सम्पन्न भएको हो । बजाज कम्पनीको आयोजनामा शुरु भएको कार्यक्रममा वेरोजगार युवाहरुलाई कम भन्दा कम शुल्कमा अटो रिक्सा उपलब्ध गराएर स्वरोजगार बनाउने लक्ष्य रहेको पानस अटो पार्टस् कोहलपुरका प्रवन्ध निर्देशक ज्ञानेन्द्र खनालले बताए ।
कार्यक्रममा ‘राजा’ राजेन्द्र पोख्रेल, विश्व नेपाली र प्रशना शाक्यको विशेष सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा अटो रिक्सा चलाउन प्रयास गर्ने ३० जनालाई टिःशर्ट वतरण गरिनुका साथै १० वटा अटो रिक्सा समेत बुकिङ्ग भएको प्रवन्धक निर्देशक खनालले जानकारी दिए । स्वरोजगार ¥याली शनिबार नै नेपालगञ्ज र गुलरियामा पनि विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । ¥याली कार्तिक २२ गते कञ्चनपुरको महेन्द्रनगरमा गएर विशेष कार्यक्रम गरी समापन हुन आयोजकले बताएका छन् ।
प्रकाशित मिति : २०७४ कात्तिक १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्