23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

दाङमा ८९ जना उमेदवार, १७ जना स्वतन्त्रको उम्मेदवारी दर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४  

           दाङ क्षेत्रनम्बर २ मा उम्मेदवारी दिएका माओवादीका कृष्णबहादुर महरा र कांग्रेसका राजु खनाल ।

घोराही,१७ कात्तिक/ आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेससभा निर्वाचनका लागि दाङमा ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । साथै १७ जना स्वतन्त्र उम्मेदवार छन् ।निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट मेटमणि चौधरी र नेपाली कांग्रेसबाट शुसिला चौधरी उम्मेदवार छन् । यसैगरी संघीय समाजवादी फोरमबाट अशोककुमार यादव, नेपाली कांग्रेस वीपीबाट अशोक खड्का सहित ११ जना उम्मेदवार क्षेत्रनम्बर १ मा छन् ।

यसैगरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनबाट कृष्णबहादुर महरा, नेपाली कांग्रेसबाट राजु खनाल चुनावी मैदानमा छन् । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनबाट माओवादीका इन्द्रजित थारु र (ख) मा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बनेका छन् । यसैगरी कांग्रेसबाट क्षेत्रनम्बर १ (क) मा प्रदीप थापा र (ख)मा जानकी लाल बस्नेत उम्मेदवार छन् ।

प्रदेश सभाका लागि वाम गठवन्धनबाट २ (क)मा एमालेका शंकर पोखरेल र (ख)मा एमालेकै अमरबहादुर डाँगी उम्मेदवार छन् । कांग्रेसबाट २ (क)मा कमल किशोर घिमिरे र (ख) भरतबहादुर न्यौपाने उम्मेदवार बनेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट हिराचन्द्र केसी र नेपाली कांग्रेसाट दिपक गिरी उम्मेदवार छन् ।

प्रदेश सभाका लागि ३ (क)मा माओवादीका जगप्रसाद शर्मा ‘अपार’ र (ख) मा एमालेका उत्तरकुमार वली तथा ३ (क) मा कांग्रेसका डिल्ली चौधरी र (ख) मा बुद्धिराम भण्डारीको उम्मेदवारी परेको छ ।

१७ जना स्वतन्त्र उम्मेदवार

आगामी मंसिर २१ गते हुने संघ र प्रदेशसभा निर्वाचनका कूल ८९ उमेदवार मध्य १७ जनाले स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर एकमा सबैभन्दा धेरै ६ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

क्षेत्रनम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि गौरसिंह महत, प्रभुनारायण चौधरी र सुरेन्द्र चौधरीले स्वतन्त्र उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ ‘क’ मा चुडामणि चौधरी, ‘ख’ मा जगनारायण चौधरी र दिकपाल योगीले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा विश्वनाथ ज्ञवाली, सोमराज रैदास र ‘ख’ बाट सिताराम रेग्मीले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि कोमल वली, नरबहादुर वली, बालकृष्ण शर्मा र यादव भण्डारीले स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ मा कुवेरबहादुर वली, ‘ख’ मा गेदलाल चौधरी र लिलाधर खड्काले उमेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

 

प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४     2:10:32 PM  |