काठमाडौं १६ कार्तिक, २०७४ / पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले रौतहट छोडेका छन् । रौतहट छोडेर काठमाडौ क्षेत्र नं. २ रोजेका छन् । उम्मेद्वारी दर्ता गर्न पुगेका नेता नेपालले आफूलाई काठमाडौंका जनताको मायाले डोर्याएपछि रौतहटबाट काठमाडौं आएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गर्दै एमाले नेता नेपालले रौतहटको माया उतिकै भएपनि काठमाडौं –२ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरेको बताए । अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु परेपछि आफूले यहाँका जनताको माया र आशाका कारण रौतहट छोडेर काठमाडौं आएको बताए । तर, आफूलाई रौतहटको माया पनि उतिकै लाग्ने नेपालले बताए । यस्तै उम्मेदवारी दर्ताका क्रममा नेता नेपालले मनोनयन दर्ता भइसकेकोले अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकिएको बताए ।
प्रकाशित मिति : २०७४ कात्तिक १६ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्