
बैतडी,१६ कात्तिक/ बैतडीका किसानहरु गहुँ छर्ने काममा व्यस्त भएका छन् । गहुँ छर्ने चटारो भएपनि सिचाँई सुविधा नभएका ठाउँका किसान भने मार्कामा परेका छन् । जिल्लामा २० हजार ९ सय हेक्टर जमीनमा गहुँ खेती गरिदै आएको भएपनि १० हजार ५ सय हेक्टरमा मात्रै सिंचाइको सुविधा छ ।
सिँचाईको सुविधा नभएका ठाउँमा आकाशे पानी नपरेकाले गहुँ छर्न समस्या भएको किसानहरुले बताएका छन् । अधिकांश लेकाली क्षेत्रमा सिंचाइको सुविधा छैन् । बैतडीमा कार्तिक पहिलो सातादेखि मंसीर दोश्रो साता सम्म गहुँ छर्नका लागि उपयुक्त समय भएपनि सिंचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्न समस्या भएको छ ।
बैतडीका अधिकांश क्षेत्रमा सिंचाइ सुविधा नहुँदा किसानहरुलाई गहुँ छर्नका लागि समस्या भएको छ । गहुँका छर्नका लागि आकाशेपानीको भरपर्नुपरेको गुरुखोलाका किसान देवदत्त भट्टले बताउनुभयो । जिल्लाका अधिकांश स्थानमा सिंचाईको सुविधा नहुँदा गहुँ छर्नका लागि आकाशे पानीको भरपर्नु पर्ने हुन्छ । बैतडीमा मंसीर दोश्रो साता सम्म गहुँ छर्नका लागि उपयुक्त समय भएपनि सिंचाई सुविधा नहुँदा माघ सम्म गहुँ छर्नुपर्ने बाध्यता रही आएको छ ।
जिल्ला कृषि विकास कार्यालयले प्रत्येक बर्ष सानासिंचाईका योजना वितरण गर्ने भएपनि पहुँच नभएका किसान सम्म पुग्न नसकेको उनीहरुले गुनासो गरेका छन् । वास्तविक किसानसंग सरकारका कार्यक्रम पुग्न नसकेको सुर्नया ६ का मुरलीप्रसाद अवस्थीले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयले भने समूहको मागको आधारमा सिंचाईका योजना वितरण गर्ने गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्