कोहलपुर नगरपालिका १२ र १३ का वडा कार्यालय स्थापना



कोहलपुर, १६ कात्तिक/  कोहलपुर नगरपालिकाका वडा नं. १२ र १३ को संयूक्त कार्यालय बुधबार स्थापना गरिएको छ । कोहलपुर नगरपालिका–१२ स्थित निवुवा रोडमा संयूक्त वडा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख लूट बहादुर रावतले स्थानीय जनतालाई पाएक पर्ने गरी  आफ्नै वडामा कार्यालय स्थापना गर्नु र त्यही बाट सहजरुपमा सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना भएको बताए ।
वडा कार्यालयहरुको आफ्नै भवन नभएपनि पायक पर्ने ठाउँमा भवन भाडामा लिई जनतालाई सेवा दिदै आएको प्रमुखले बताए । कोहलपुर नगरपालिकामा यस अघि अधिकांस वडाका कार्यालयहरु वडा मै स्थापना गरीसेवा प्रवाह भईरहेको छ ।
प्रमुख रावतले बाँकीरहेको वडाहरुमा पनि छिटै वडा कार्यालयहरु स्थापना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १६ गते बिहीबार