जोङलाईको सूचना मन्त्रालयले दिएको जानकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन् ।

उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ ।