24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

ईलाका प्रशासन कार्यालय प्रमुख विहीन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४  

सुर्खेत,१४ कात्तिक/ सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेको ईलाका प्रशासन कार्यालय करिब डेढ महिनादेखि प्रमुख विहिन हुँदा नागरिकलाई सेवा लिन सास्ती भएको छ ।
कार्यालय प्रमुख नन्दा पौडेल क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा भएपछि बाबियाचौरको ईलाका प्रशासन कार्यालय गत असोज ४ गतेदेखि प्रमुखविहीन भएको हो ।कार्यालय प्रमुख विहीन हुँदा नागरिकता बनाउन पुगेका सेवाग्राहीहरु नागरिकता नपाएर रित्तो हात फर्कनुपरेको गुनासो गरेका छन् । नागरिकता बनाउनका लागि अन्य सबै कागजी प्रक्रिया पुरा भएपनि अन्त्यमा हस्ताक्षर गर्ने प्रमुख नै नहुँदा आफुहरु रित्तो हात फर्कनुपरेको पञ्चपुरी नगरपालिका–६ की कृष्णा कँडेलले गुनासो पोखिन् ।

कार्यालय प्रमुख नहुँदा नागरिकता, थर प्रमाणित, आदिवासी, दलित प्रमाणित, सिफारिस लगायतका प्रशासनिक कामहरु गर्न कठिनाई भएको कार्यालयका सुचना अधिकारी नायव शुब्बा धुर्ब अधिकारीले बताए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     8:33:48 AM  |