25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सर्बियालाई विश्वकपमा पुर्‍याउने प्रशिक्षक बर्खास्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४  

एजेन्सी,१४ कात्तिक/ सर्बियाको फुटबल एसोसिएसनले राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक स्लावोलुब मुस्लिनलाई बर्खास्त गरेको छ । मुस्लिन सर्बियालाई आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट गराउन सफल भए पनि बर्खास्त भएका हुन् ।मुस्लिनको प्रशिक्षणमा समूह ‘डी’ मा रहेको सर्बिया समूह विजेताको रुपमा विश्वकपका लागि छनौट भएको हो । पछिल्लो ८ वर्षमा सर्बिया पहिलोपटक मूख्य प्रतिस्पर्धाका लागि छनौट भएको हो । तर सर्बियाको फुटबल एसोसिएसन (एफएसएस) ले सहमतिमा परिवर्तन गरिएको र उनका सहयोगी म्लाडिन क्रस्ताजिकले तत्कालका लागि कार्यकारी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १४, २०७४     8:09:27 AM  |