एजेन्सी,१४ कात्तिक/ सर्बियाको फुटबल एसोसिएसनले राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक स्लावोलुब मुस्लिनलाई बर्खास्त गरेको छ । मुस्लिन सर्बियालाई आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट गराउन सफल भए पनि बर्खास्त भएका हुन् ।
मुस्लिनको प्रशिक्षणमा समूह ‘डी’ मा रहेको सर्बिया समूह विजेताको रुपमा विश्वकपका लागि छनौट भएको हो । पछिल्लो ८ वर्षमा सर्बिया पहिलोपटक मूख्य प्रतिस्पर्धाका लागि छनौट भएको हो । तर सर्बियाको फुटबल एसोसिएसन (एफएसएस) ले सहमतिमा परिवर्तन गरिएको र उनका सहयोगी म्लाडिन क्रस्ताजिकले तत्कालका लागि कार्यकारी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जनाएको छ ।
प्रकाशित मिति : २०७४ कात्तिक १४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्