भीरबाट लडेर किशोरीको मृत्यु



हुम्ला,१३ कात्तिक/ हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर–६ की १६ वर्षीया एक किशोरीको भीरबाट लडेर मृत्यु भएको छ ।

सोमबार बिहानै गाउँनजिकै दूधेभीरमा घाँस काट्न गएकी झ्याकु शाहीको भीरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको स्थानीयवासी कालीबहादुर थापाले जानकारी दिए ।

मृतक शाहीको सोमबारै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको थापाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १३ गते सोमबार