23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा अधिकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

 

सुर्खेत,१३ कार्तिक/   खेल क्षेत्रलाई पत्रकारितामार्फत अगाडि बढाउने उदेश्यले सुर्खेतमा खेलकुद पत्रकार मञ्च गठन गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेका पत्रकारहरुको भेलाले भानुभक्त अधिकारीको अध्यक्षतामा खेलकुद पत्रकार मञ्च गठन गरेको हो ।अधिकारी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पत्रकारकारिता विषयका उपप्राध्यापक समेत हुन् ।

मञ्चको उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा राजेन्द्र शाही, सहसचिवमा सुर्वण शाही र कोषाध्यक्षमा सृजना बुढाथोकी रहेका छन् ।

यस्तै सदस्यहरुमा निर्मल प्याकुरेल, तिलक पौडेल, निरक कँडेल र लक्ष्यबहादुर सुनार रहेका छन् ।

मञ्च गठन गर्न भएको भेलामा खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य कमल खत्री, पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतले सुर्खेतको पत्रकारिताले समग्र ६ नं. प्रदेशकै खेलकुद क्षेत्रको विकासका लागि कलम चलाउँनुपर्नेमा जोड दिएका थिए । Onlinekhabar

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     3:21:30 PM  |