काठमाडौं, १२ कात्तिक/ कीर्गिस्तानमा हुन् एएफसी यू१९ च्याम्पियनसिप क्वालिफायर खेल्न जाने नेपाली यू १९ राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल सघ एन्फाले बिदलाई गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लागतयले यू १९ टोलीलाई बिदाइ गरेका हुन्।

गत महिना भुटानमा साफ यू १८ च्याम्पियनसिपको उपाधि जितेको खेलाडीको बाहुल्यता रहेको नेपाली टिमलाई अर्पण थापाले कप्तानी गर्नेछन् ।

कीर्गिस्तानमा यही मंगलबारबाट हुने क्वालिफायरमा नेपाल, आयोजक कीर्गिस्तान, युएई, बहराइन र ओमान खेल्नेछन् ।
नेपालले पहिलो खेलमा मंगलबारै आयोजक कीर्गिस्तानसंग खेल्नेछ ।