23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

सोमालियाको राजधानीमा शक्तिशाली विष्फोट, १४ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४  

काठमाडौं,१२ कात्तिक/  सोमालियाको राजधानी मोगादिसुमा दुई वटा शक्तिशाली विष्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

पहिलो विष्फोट कारमा राखिएको विष्फोटक पदार्थ स्थानीय होटलमा विष्फोट गराइएको थियो । त्यसपछि लडाकुहरुले होटलमा धावा बोलेका थिए ।

दोस्रो विष्फोट पहिलाको संसद् भवन नजिकै गराइएको थियो । विष्फोटमा परि धेरै घाईते भएका छन् ।

विष्फोटको जिम्मा लडाकु समूह अल सबाबले लिएको छ ।

प्रान्तिय नेताहरु अल सबाब विरुद्धको एकीकृत रणनीति तयार गर्न भेला भएको मौका छोपी अल सबाबले आक्रमण गरेको अधिकारीहरुले अनुमान गरेका छन् ।

दुई हप्ता अघि अल सबाबले गरेको विष्फोटमा कम्तिमा ३ सय ५० जना मारिएका थिए । (एजेन्सी)

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     12:29:44 PM  |