23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

अन्तत : हुने नै भयो माओबादी एमाले एकता !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४  

काठमाण्डु, ११ कात्तिक– एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन्।

पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन शुक्रबार सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन्।

एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा पुर्‍याउन संयुक्त परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा भनिएको छ। केन्द्रमा दुवै पार्टीका प्रमुख र वरिष्ठ नेताहरू रहेको समितिले काम अघि बढाइरहेकाले प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ।

एकता र तालमेलका लागि गरिएको सहमतिको राजनीतिक दिशाको महत्वलाई गम्भीरतासाथ ग्रहण गर्दै स्थापित गर्न दुवै पार्टी पंक्तिलाई नेताहरूले निर्देशित पनि गरेका छन्।

नयाँ पत्रिकाबाट

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     11:47:48 AM  |