20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लामो समयपछि सडक अतिक्रमण गरी बसेको बस्ती उठ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४  

कोहलपुर, ९ कार्तिक/   मध्य तथा सुदूर–पश्चिमकै प्रमुख प्रवेशद्वारको रुपमा रहेको बाँकेको कोहलपुर चौराह आसपासमा सडक अतिक्रमण गरी वर्षौदेखि बसिरहेको बस्तीलाई कोहलपुर नगरपालिकाको पहलमा बिहिबार खाली गराइएको छ ।

कोहलपुर चौराहदेखि मदन चोकसम्म फोरलेनको सडक बन्ने डिपिआर तयार भएको र चौराहमा अव्यवस्थित रुपले टहरा बनाई सडक अतिक्रमण गरेको बस्तीले सहरको मुख्य केन्द्रको सुन्दरता नै बिग्रेको भन्दै सहरलाई व्यवस्थित गर्न सो बस्ती उठाइएको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, कार्तिक ९, २०७४     2:41:10 PM  |