लामो समयपछि सडक अतिक्रमण गरी बसेको बस्ती उठ्यो



कोहलपुर, ९ कार्तिक/   मध्य तथा सुदूर–पश्चिमकै प्रमुख प्रवेशद्वारको रुपमा रहेको बाँकेको कोहलपुर चौराह आसपासमा सडक अतिक्रमण गरी वर्षौदेखि बसिरहेको बस्तीलाई कोहलपुर नगरपालिकाको पहलमा बिहिबार खाली गराइएको छ ।

कोहलपुर चौराहदेखि मदन चोकसम्म फोरलेनको सडक बन्ने डिपिआर तयार भएको र चौराहमा अव्यवस्थित रुपले टहरा बनाई सडक अतिक्रमण गरेको बस्तीले सहरको मुख्य केन्द्रको सुन्दरता नै बिग्रेको भन्दै सहरलाई व्यवस्थित गर्न सो बस्ती उठाइएको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ९ गते बिहीबार