19 September 2021  |   आइतवार, अशोज ३, २०७८

इङ्लिस लिग कप फुटबलमा म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

काठमाडौं, कात्तिक ८ । इङ्लिस लिग कप फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् ।

ई.एफ.एल कप भनिने यो प्रतियोगिताको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित गर्‍यो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४-१ ले विजयी भएको हो ।

लिग कप फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई २-० ले हराउँदा आर्सनलले नर्वीच सिटीलाई २-१ ले पराजित गर्‍यो ।

लेष्टर सिटीले लिड्स युनाईटेडलाई ३-० ले हराउँदा बर्नमाउथले मिडिल्सब्रोलाई ३-१ ले तथा ब्रिस्टोल सिटीले क्रिष्टल प्यालेसलाई ४-१ ले पाखा लगायो ।

लिग कप फुटबलमा आज राती चेल्सीले एभर्टनसँग खेल्दा टोटनह्याम हट्सपरको भिडन्त वेष्ट ह्याम युनाईटेडसँग हुनेछ ।

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     10:48:20 AM  |