19 September 2021  |   आइतवार, अशोज ३, २०७८

मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

काठमाडौं, कात्तिक ७ । मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ ।

नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जना मृत्यु भएको हो ।

स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी ‘सिन्ह्वा’ले जनाएको छ ।

पेनाङको जुरुटोल प्लाजानजिक भएको उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरु सबै महिला रहेको जनाइएको छ ।

कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपट्टि रोकेकै अवस्थामा अर्को कम्पनीको बसले ठक्करदिँदा सो दुर्घटना भएको हो । सोनी कम्पनी र प्लेक्सस कम्पनीका बस दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा कति नेपाली परे वा अवस्था कस्तो छ भन्नेबारेमा केही खुलिसकेको छैन ।

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     2:21:20 PM  |