20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

गुलरियाको बजेट ६५ करोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४  

यम घिमिरे , गुलरिया, ०७ कार्तिक  गुलरिया नगरपालिकाको प्रथम नगरसभा सोमवारदेखि गुलरियामा शुरु भएको छ । नगरसभाले करिब ६६ करोडको बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा नगरप्रमुख मुक्तीनाथ यादवले वार्षिक नीति तथा कार्यक्रम र उपमेयर सुशीला गिरीले आर्थिक वर्ष २०७४÷ ७५ का लागि गुलरिया नगरपालिकाको प्रस्तावित बजेट प्रस्तुत गरेका छन् ।
गुलरिया नगरपालिका तर्फबाट उपप्रमुख गिरीले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ६५ करोड ९९ लाख ८५ हजारको प्रस्तावित बजेट सभामा प्रस्तुत गरिन् । प्रस्तावित बजेटमा पूँजीगत तर्फ ४८ करोड ६ लाख ६ हजार ५ सय २० र चालु तर्फ १४ करोड ९३ लाख ७८ हजार ४ सय ८० रकम रहेको
छ ।
नगरपालिकाले सडक, पुर्वाधार, सामाजिक परिचालन, महिला सशतिmकरण, शिक्षा, स्वास्थ्य र कृषि उत्पादकत्व वृद्धि लगायतका योजनाहरुलाई प्रमुख प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७४÷ ७५को बजेट तथा नीति कार्यक्रम सभामा प्रस्तुत गरेको उपप्रमुख सुशीला गिरीले बताइन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०७४     12:03:37 PM  |