चीनमा हुने नेसनल कंग्रेसको चुनावका कारण रसुवागढी नाका बन्द



रसुवा, असोज ३१ । नेपाल र चीनबीचको एक मात्र व्यापारिक नाका रसुवागढी आजबाट बन्द भएको छ ।

चीनमा हुने नेसनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै चिनियाँ पक्षले गरेको आग्रहअनुसार नाका बन्द गरिएको हो । आजदेखि पाँच दिनसम्म नेपाली नागरिकलाई केरुङ जान रोक लगाइएको छ ।

ब्यापारका लागि केरुङ पुगेका, होटल सञ्चालन गरि बसेका तथा रोजगारीका लागि लामो समयदेखि बसेका सबै खाले नेपालीलाई नेपाल फर्काइएको प्रहरी नायव निरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

चुनावमा हुन सक्ने अवान्छित गतिविधि रोक्न नेपालीलाई नेपाल फर्काइएको हो भने सोही नाकाबाट आवतजावत गरिरहेका चिनियाँ पर्यटकलाई पनि रोक लगाइएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज ३१ गते मंगलबार