19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँसगढीमा बहुउदेश्यीय कबड हलको निर्माण कार्य तिब्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४  

रावन बिश्वकर्मा, बर्दिया, ३०/ असोजबर्दियाको बाँसगढीमा बहुउदेश्यीय कबडहल(ट्रष्ट)को निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरको कम्पाउड भित्र निर्माण गर्न लागिएको कबडहल बर्दिया जिल्लाकै नमुनाको रुपमा विकास हुने र निर्माण कार्य तिव्र गतिमा भइरहेको बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष तथा कबड हल निर्माण समितिका अध्यक्ष कटक बिसिले बताए ।
कबड हलको बाँसगढी उद्योग वाणिज्य संघको अगुवाई र ईलाका प्रहरी कार्यालय मोतिपुरको सक्रियतामा गत जेठ १४ गते देखि निमार्ण कार्यको सुभारम्भ गरिएको थियो । हल निर्माणका लागि करिब २४ लाख लागत लाग्न सक्ने अनुमान गरिएको छ । कबडहल निर्माणको लागि बजेट नभएको र सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, उद्योगी, व्यापारी लगायत सबैको सहयोगले नमूना बहुउदेश्यीय कबडहलको निर्माण भइरहेको र आउदो मंसिर महिनासम्म निर्माण कार्य सम्पन्न भई सक्ने अध्यक्ष बिसिले बताए । हलमा योग शिविर सञ्चालन, ब्याटमिनटन, टेबल टेनिस, मार्सलआर्ट प्रशिक्षण, सभा सम्मेलन गर्नलाई ४ सय बढी कुर्सिहरु अटाउन सक्ने कबडहलको निर्माण कार्य तिव्र गतिमा भइरहेको ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले बताए ।
उनले हल निर्माणमाको कार्य करिव करिव अन्तिम चरणमा आएको र अब जस्ता पाता लगाउन बाँकी रहेको बताए । बर्दियाको शान र नमूनाका रुपमा बाँसगढीमा बहुउदेश्यीय कबड हल निर्माण भइरहेकाले सहयोगी हातहरुको निर्माण समितिले अपेक्षा गरेको जनाएको छ । हल निर्माणको लागि सहयोग जुटिरहेको र अझै थोरै थोरै सहयोगले पनि हलको निर्माण र विकासमा थप टेवा पुग्ने विश्वास सहित सहयोगको लागि सबैमा अनुरोध गरेको बताइएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४     10:48:10 AM  |