19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

युवा नेता ढकाल प्रतिनिधिसभा निर्वाचनमा सिफारिस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४  

uml-dhakal

बाँके । नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको लागि युवा नेता सूर्य ढकालले सिफारिस भएका छन् ।

विद्यार्थीकालदेखि राजनीतिकमा सक्रिय रहेका ढकाल आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभाका लागि बाँकेबाट सर्वसम्मत सिफारिस भएका हुन् ।
युवा संघको कार्यवहाक अध्यक्ष भएर राम्रो भूमिका खेलेका ढकाल पछिल्लो पटक बाँकेको राजनीतिकमा सक्रिय रहेका छन् ।
सबैलाई मिलाउन सक्ने खुवी भएका राजनीतिक बाहेक अरु केही नभएकमा ढकालले अखिल हुदै युवा संघका राम्रो पडक जामाउन सफल भएका थिए ।
राजीव पहारीलाई युवा संघको अध्यक्ष बनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भूगोलमा गएर काम गर्न आग्रह गरेपछि ढकाल विगत दुई बर्षदेखि बाँकेको राजनीतिमा सक्रिय रहेका छन् ।
राजनीतिकमा थकाई भन्ने शब्द हुन्न भन्ने मान्यता राख्ने उनी बाके गएपछि एमाले गत स्थानीय तहको निर्वाचनमा ठूलो पार्टी बनेको हो ।
कोहलपुरस्थित बागेश्वरी क्याम्पसका संचालक समिति सदस्य समेत रहेका ढकाल अखिलको केन्द्रीय सदस्य हुदै सचिवालय र युवा संघको केन्द्रीय सदस्य हुदै सचिव उपाध्यक्ष समेत भएका हुन्।
अहिले बाँके जिल्ला कमिटी सचिवालय समेत रहेका ढकालले बाँके क्षेत्र नं १ का क्षेत्रीय संयोजक समेत हुन् ।
मदनभण्डारी स्र्पोटस फाउण्डेशनको जिल्ला अध्यक्ष रहेका उनले बाँकेका हरेक स्थानीय तहमा वडावडा फाउण्डेशन गठन गरेका छन् ।
ढकाल कार्यकता देखि केन्द्रीय नेतासम्म लोकप्रियता कमाएका छन् । हरेक सर्वसधारणको दुःखमा मलम लगाउने ढकाल नै भएकोले यसपटकको प्रतिनिधी सभाको निर्वाचनमा उम्मेवदार बनाउनुपर्ने शुभेच्छुकहरु बताउँछन् ।
युवा जोश जागर रहेका ढकाल कोहलपुरमा लोकप्रिय नेताको रुपमा चिनिन्छन ।

प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४     4:09:20 PM  |