मैत्रीपूण फुटवलको उपाधी भगवती युवा क्लवलाई



भीम रावत  कोहलपुर, २५ असोज
बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरमा बुधबार सम्पन्न मैत्रीपूर्ण खुल्ला फुटवल प्रतियोगिताको उपाधी भगवती युवा क्लव हसनापुरले उचालेकोछ ।

प्रतियोेगिताको निर्धारित समयमा दुबै टीमले २÷२ गोल गरी बराबरी भएपछि निर्णायक परिणामका लागि ट्राईबेकर खेलाइएको थियो । ट्राईबेकरमा आयोजक टीम न्यू हरियाली युवा क्लव लालपुरको ३ गोलका विरुद्ध भगवती युवा क्लव हसनापुरले ४ गोल गरी प्रतियोगिताको उपाधी उचालेको हो ।
प्रतियोगितामा विजयता भगवती युवा क्लवले रु ५१ हजार १ सय ५५ रुपंैयाँ पुरस्कारसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै उपविजयता न्यू हरियाली युवा क्लव लालपुरले रु २५ हजार ५ सय २५ रुपैंयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली र न्यू हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमान सिंह सुनारले संयूक्त रुपमा विजयता तथा उप विजयता टीमका खेलाडीहरुलाई शिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक रहेको न्यू हरियाली सामुदायिक वन उपभोक्ता समितिले विजयता टीमलाई प्रथम पुरस्कार राशी रु ५१ हजार १ सय ५५ रुपैंयाँको चेक हरुतान्तरण गरेको थियो ।
प्रतियोगिताको अवधिभर खेल सौहार्दपूर्ण वातावरणमा मित्रतापूर्ण भावनाका साथ सम्पन्न भएकोमा खुसी लागेको प्रतियोगिता आयोजक समितिका आर्थिक व्यवस्थापन समिति संयोजक दिल विश्वकर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २५ गते बुधबार