19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४  

२५ असोज, बर्दिया ।  दशैं तथा तिहारको अवसरमा ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका-३ बगनाहा निवासी-१७ वर्षीय नरेश थारु खेल्दै गर्दा बेहोस भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४     4:49:02 PM  |