सिमकोट, २५ असोज – सरकारले खाद्यान्न ढुवानीको व्यवस्था नगरेको भन्दै जिल्लाका राजनीतिक दलहरुले थाल बजाएर जुुलुुस सहित ज्ञापन पत्र खाद्य संस्थानमा वुुझाएका छन् ।

आर्थिक वर्ष सम्पन्न भएको तीन महिना विति सक्दा पनि खाद्यान्न व्यवस्था नहुुँदा सो जुलुुस सहित ज्ञापन पत्र वुुझाउका हुन । जुलुशले सिमकोट बजारबाट थाल वजाएर संस्थानको शाखा कार्यालय मार्फत प्रधान कार्यालयलाई ज्ञापन पत्र वुुझाएको जिल्ला समन्वय समितिका प्रमुुख दान वहादुुर रावतले वताउनुु भयो ।

शान्तीपुुर्ण रुपमा जुुलुुश र ज्ञापन पत्रले सरकारले खाद्यान्न व्यवस्था नगरे कडा आन्दोलन गर्न बाध्य हुने जिल्लाका दलहरुले जनाएका छन । ज्ञापन पत्र वुुझ्दै संस्थान प्रमुुख नारायण सिंह केसीले सो ज्ञापन पत्र तत्काल केन्द्रमा अगाडी वढाउनेतिहार अगाडी खाद्यान्न ढुवानीको व्यवस्थाका लागि पहल गर्ने बताउनुु भयो ।

जिल्लामा खाद्यान्न समस्या चुुलीए पछि राज्यका सवै निकायहरुमा जानकारी गरेको भए पनि कसैले सुुनुुवाई नगरेको प्रमुुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद वास्कोटाले बताउनुु भयो । यस अघि चुुनाव अगाडी नीजि हवाई जहाजहरुले खाद्यान्न ढुुवानी गर्ने छाट नदेखिएको हुुँदा तत्काललाई तीन हजार खाद्यान्न ढुवानीको लागि नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने जिल्ला खाद्य व्यवस्थापन समितिको वैठकले निर्णय गरेको खाद्य संस्थान सिमकोट शाखाका प्रमुुख नारायण सिह केसीले बताउनुु भयो ।

सिमकोट, खार्पुनाथ र नाम्खा गाँउ पालिकाका वडा नम्वर १ देखि ३ सम्मलाई एक पटक वितरण गर्दा १५ देखी दुुई हजार क्वीन्टल आवश्यक पर्ने संस्थानले जनाएको छ । आर्थिक वर्ष ०७४।०७५ का लागि शाखा कार्यालय सिमकोटका लागि सात हजार क्वीन्टल सुुर्खेत, तीन हजार क्वीन्टल नेपालगंज र तीन हजार क्वीन्टल, काठमाडौं, धनगढी र नेपालगंजबाट पैदल मार्गका लागि खाद्यान्न कोटा निर्धारण गरिएको संस्थानले जनाएको छ ।

आर्थिक वर्ष सुुरु भएको तीन महनिा विति सक्दा पनि एक क्वीन्६ल खाद्यान्न ढुवानी हुन नसकेको प्रमुुख केसीले बताउनुु भयो । गोदाममा खाद्यान्न नभए पछि जनतालाई तिहारमा खाद्यान्न बाँड्न नसकिने उहाँले बताउनुु भयो । संस्थानको ढुुवानी अनुदानको खाद्यान्न नपाइने भए पछि तिहारमा स्थानीय वासी वजारको महंगो चामल एक सय ९० रुपियाँको प्रतिकेजीमा किनी रहेको व्यापारी लोकेन्द्र रावतले बताउनुु भयो ।

सो चामल व्यापारीले प्रतिकेजी एक सय २० रुपियाँ ढुवानी तिरेर नेपालगंजबाट ल्याउने गरेको रावतले बताउनुु भयो । जब कि संस्थाने ढुुवानी अनुदानको त्यही चामल प्रतिकेजी ५७ रुपियाँमा बिक्री गर्दै आएको छ । यसवाट पनि जनताले तेब्बर मुुल्य वढि तिर्नु परेको देखिन्छ ।

आर्थिक वर्ष सुुरु भएको तीन महिनामा तीन पटक खाद्यान्न वितरण गर्नु पर्ने भए पनि हालसम्म एक पटक खाद्यान्न वितरण गरिएको र त्यो पनि पाँच केजीका हिसावले खाद्यान्न विक्री गरिएको प्रमुुख केसीले वताउनुु भयो । त्यो पनि अघिल्लो आर्थिक वर्षको तीन हजार खाद्यान्न मध्य सुुर्खेतवाट छ सय ९४ क्वीन्टल र नेपालगंजवाट १३ सय १९ क्वीन्टल गरेर दुुई हजार १३ क्वीन्टल खाद्यान्न वितरण संस्थानले गरेको जनाएको छ ।

भने पैदल मार्गको आर्थिक वर्ष ०७२।०७३ को १५ सय र आर्थिक वर्ष ०७३।९७४ को १५ सय क्वीन्टल गरेर तीन हजार क्वीन्टल खाद्यान्न हासम्म ढुवानी नभएको पाइएको छ । Imagekhabar