19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

उत्तर कोरियाको चेतावनीलाई बेवास्ता गर्दै उड्यो अमेरिकी युद्धक विमान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४  

असोज २५ । उत्तर कोरियाले अमेरिकी लडाकु विमान खसाल्ने चेतावनी दिए पनि अमेरिकाले आफ्नो सैन्य अभियानलाई जारी राख्दै बम बर्षक विमानलाई जापानी समुद्री क्षेत्रमा उडाएको छ ।

ती विमान उत्तर कोरियाली सीमा नजिकै पुगेको बताइन्छ । सैन्य अभ्यासका क्रममा विमान उडाइएको अधिकारीहरुको भनाइ छ ।

अमेरिकी बम बर्षक विमान उडाउनु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा सल्लाहकारसँग छलफल गरेका थिए । उत्तर कोरियाको धम्कीको जवाफ कसरी दिने भन्नेबारे उनले छलफल गरेको बताइन्छ ।

अमेरिकी वायु सेनाको बी–१ बी र एफ–१५ के विमानले उडान भरेको हो । दक्षिण कोरियाले अमेरिकी विमान उडाइएको पुष्टि गरेको छ ।

दक्षिण कोरियाली र जापानी वायु सेनाका विमान पनि संयुक्त अभ्यासमा सहभागी भएको विभिन्न संचारमाध्यमले जनाएका छन् । उत्तर कोरियाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । (एजेन्सी)

प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४     10:29:38 AM  |