कोहलपुर, २५ असोज, भीम रावत, कोहलपुर नगरपालिकामा कार्यकारी प्रमुख नहुँदा नगरपालिकाबाट सेवाग्राहीले समयमै नक्सा पास लगायतका महत्वपूर्ण सेवा लिन नपाएको गुनासो गरेका छन् ।
कोहलपुर नगरपालिकाका तत्कालिन कार्यकारी प्रमुख माधव प्रसाद शर्मा गत महिना नै रुकुम जिल्ला समन्वय समितिमा सरुवा भई गएपश्चात हालसम्म कोहलपुर नगरपालिका कार्यकारी प्रमुख विहिन अवस्थामा छ ।
अझैसम्म कहाँबाट ? को कार्यकारी प्रमुख आउने हो ? त्यसको निश्चित जानकारी नगरपालिकामा नआएको कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ असोज २५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्