दाङ २० असोज / दाङ घोराही उप–महानगरपालिका १ हर्नोकमा शुक्रबार देखि क्रिकेट प्रतियोगिता शुरु भएको छ । भिक्टोरीया राईडर क्रिकेट क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले व्याटिङ र वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले बलिङ गरेर उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उदघाटन गर्दैै नगर प्रमुख नरुलाल चौधरीले खेलमा अनुशासन भए मात्रै जित हासिल गर्न सकिने भएकाले हरेक क्षेत्रमा अनुशसानको खाँचो रहेको बताए ।
क्लवका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वक्ताहरुले क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै राज्यले लगानी बढाउनु पर्ने बताएका छन् ।
प्रकाशित मिति : २०७४ असोज २१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्