23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

लालपुरमा सदभाव ¥याली निकालियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

मिसन समाचारदाता  कोहलपुर, २० असोज / बर्दियाको गुलरिया नगरपालिका–११को लालपुरमा शुक्रवार सदभाव ¥याली निकालिएको छ ।
स्थानीय हिन्दु, मुस्लिम, थारु, मधेशी, बाहुन, क्षेत्री लगायतका समुदाय, जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख, प्रहरी–प्रशासन, बुुद्धिजीवीहरुको सहभागितामा सो ¥याली निकालिएको हो ।
वर्षौदेखि विद्यमान धार्मिक सहिष्णुता, सामाजिक सदभाव र शान्तिलाई कायम राख्न ‘‘हिन्दु मुस्लिम, शिख, इसाई, हामी सबैै भाई भाई’’ भन्ने नारा लगाउँदै सदभाव ¥याली निकालिएको हो ।
दुर्गा मुर्ति र ताजिया सेलाउने विषयलाई लिएर विवाद बढेपछि असोज १५ गते भएको झडपमा सात स्थानीय र दुई प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले आईतबार साँझदेखि मंगलबार बिहानसम्म लालपुर क्षेत्रमा निषेधाज्ञा लगाएर पटक पटक वार्ता गरी अवस्था सामान्य बनाएको थियो ।
स्थानीय मुस्लिम अगुवा जाविर अलि गद्दीले असोज १५ गते लालपुरमा भएको झगडा धार्मिक नभई व्यक्तिगत भएको र व्यतिmगत झगडालाई धर्म र सम्प्रदायसंग नजोड्न सबैमा आग्रह गरे ।
कंग्रेस नेता एंव स्थानीय हिन्दु अगुवा बच्चा साहब र वडा अध्यक्ष रामनारायणप्रसाद केसरीले सदिँयौदेखि लालपुरमा बस्दै आएका थारु, मधेशी, हिन्दु, मुस्लिम समुदायका नागरिकहरु एक आपसमा सधैभरी मिलेर बसेको र फेरि पनि मिलेरै बस्ने प्रतिबद्धता जनाए ।
हाल लालपुरको जनजीवन र अवस्था सामान्य रहेपनि सो क्षेत्रलाई उच्च सुरक्षा निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     7:52:09 AM  |