24 September 2023  |   आइतवार, अशोज ७, २०८०

कांग्रेस बाँकेले आज प्रशिक्षण गर्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

मिसन समाचारदाता  कोहलपुर, २० असोज / नेपाली कांग्रेस बाँकेले आज शनिबार नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सभा हलमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कडेलको प्रमुख आतिथ्यतामा हुने प्रशिक्षण कार्यक्रममा गत स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका जिल्ला कार्यसमितिका सदस्य, क्षेत्रीय समितिका सदस्य, नगर समितिका सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु समेतको सहभागिता हुने प्रेस यनियन केन्द्रीय सदस्य जयसिंह केसीले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     7:48:17 AM  |