4 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

किसानलाई धानबाली भित्र्याउने चटारो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

कविन्द्र परियार कोहलपुर, २० असोज / दशैपर्व सकिए सगैं बाँकेका किसानहरुलाई धान भियाउने चटारो सुरु भएको छ ।धानबाली पाकेसगैं मौसममा पनि सुधार आउने थालेपछि धानबाली भित्र्याउन सुरु गरिएको किसानहरुले बताएका छन् । ‘दशैं पर्व सकियो, पानी पनि हटेजस्तो छ, त्यसैले धान काट्न थालेका हौं’ राप्ती सोनारी–९ का किसान प्रभु थारुले बताए । समयमै रोपेको राधाचार धान पाकिसकेको हुँदा भित्र्याउन आतुर छौ, उनले भने ।
अर्का स्थानीय किसान जितबहादुर कार्कीले धानबाली पाकिसकेका कारण भित्र्याउने हतारो भएको बताए । मौसमको कुनै भर छैन, पानी पनि पर्न सक्छ, तिहार पनि नजिकिदै छ, त्यस कारणले पनि धानबाली भित्र्याउने हतार छ, उनले भने ।
अर्का स्थानीय सुनिता केसीले धानबाली पाकिसकेको र तिहार पनि नजिकिरहेको हँुदा बाउसे लागाएर भएपनि धानबाली भित्र्याउने तयारी गरिरहेको बताइन् । यतिबेला बाँके जिल्लाका राप्तीसोनारी, बैजनाथ गाउँपालिका लगायतका क्षेत्रमा किसानहरुले धान भित्र्याउन शुरु गरेका छन् ।
अन्य केही क्षेत्रमा भने यसवर्ष ढिलो वर्षा भएका कारण ढिलो रोपाइँ भएको हँुदा धान पाकिनसकेको जिल्ला कृषि विकास कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख वसिर अहमद खाँले बताए । ‘यस वर्ष रोपाइँ गर्ने बेलामा र धानलाई सिँचाइ गर्ने बेलामा पर्याप्त मात्रामा वर्षा नभएका कारण यसवर्ष धान उत्पादनमा कमी आउने देखिएको छ’ उनले भने । बाँकेमा ३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती गर्ने गरिन्छ ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     7:38:53 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *