19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सामूहिक आमरण अनशनमा उत्रने आंशिक प्राध्यापकहरुको चेतावनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

काठमाडौं, असोज २० । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करारमा राख्नुपर्ने माग गर्दै १० दिनदेखि अनशनरत् प्रा. डा. महेश गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

सरकारले विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने आश्वासन दिँदै अनशन तोड्न आग्रह गरेपनि माग पूरा नभएसम्म नतोड्ने नेपाल आंशिक प्राध्यापक संघको भनाइ छ ।

सरकारले पटक–पटक दिएका आश्वास पूरा नभएकाले विश्वास गर्न नसकिएको संघका प्रवक्ता रामकुमार राईले बताए ।

उनले अबको तीन दिनसम्म पनि माग पूरा नभए सामूहिक आमरण अनशनमा उत्रने चेतावनी दिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     2:49:14 PM  |