मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४
काठमाडौं, २० असोज – एसियाकप छनौट खेल अन्र्तगत ताजिकिस्तान विरुद्धको खेलको लागी नेपाली फुटवल टोली आज ताजिकिस्तान जाँदैछ । असोज २४ गतेको खेलको लागी नेपाली टोली ताजिकिस्तान जानलागेको हो ।
एसियाकप छनौटका लाग छानिएका २४ मुलुकमध्ये ग्वामले नखेल्ने भएपछि नेपालले अवसर पाएको हो । प्रतियोगितामा नेपालले तिन खेल खेलेको जम्मा १ अंक जोडेको छ ।
तिन खेलमा नेपालले दुई गोल गरेको छ भने विपक्षीको ६ गोलको सामना गर्न परेको छ । ताजिकिस्तानसँगको खेल जितेमा एसियाकपमा छनौट हुन बल पुग्नेछ ।