20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

करेन्ट लागेर तीनजना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

असोज २० दाङ /दाङमा करेन्ट लागेर तीन जना घाइते भएका छन् । घोराही उप–महानगरपालिका स्थित तुलसीपुर चोकमा बिहीबार रक्सीको होर्डिङ बोर्ड राख्न क्रममा करेन्ट लागेर उनीहरु घाइते भएका हुन् ।
सिङ्नेचर ब्राण्डको रक्सीको प्रचार बोर्ड राख्न खोज्दा दीपज्योति इन्टरप्राइजेजमा कार्यरत गोविन्द भण्डारी, ललित सेजवाल र दीपेन्द्र श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको  छ । घाइते तीनमध्ये भण्डारीको अवस्था गम्भीर भएकाले दाङमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि बुटवल पठाइएको र अन्य दुई जनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     7:37:44 AM  |