20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लायन्स क्लवद्वारा नवज्योति संरक्षण केन्द्रलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

असोज २०,सुर्खेत /सुर्खेतमा रहेका लायन्स क्लवहरुले संयुक्त रुपमा नवज्योति बाल संरक्षण केन्द्रमा अध्ययनरत बालबालिकालाई स्टेशनरी तथा खाद्यन्न सहयोग गरेका छन् । लायन्स क्लवहरुको  संयुक्त आयोजनामा नवज्योति  बाल संरक्षण केन्द्रलाई सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
लायन्सले समाजसेवा कार्यलाई प्रभावकारी बनाउँदै लगेको छ भन्ने सन्देश दिन केन्द्रका बालबालिकाहरुका लागि स्टेशनरी
र खाद्यन्न सहयोग गरेको लायन्स क्लव इन्टरनेश्नल ३२५ विटु अन्तरगत जोन ८३ का जोन चियरपर्सन हरिहर बस्नेतले
जानकारी दिए । लामो समयदेखी लायन्सले सामाजिक क्षेत्रमा विभिन्न सहयोगी कार्यहरु गर्दै आएको जानकारी दिँदै उनले सानो सहयोगले केन्द्रमा आश्रित बालबालिकाहरुको
संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । केन्द्रलाई लायन्स क्लवहरुले कापी, कलम, खाद्यन्नमा चामल, तेल, नुन र भाडाहरु सहयोग गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     7:32:09 AM  |