कठमाडौ, १९ असोज- नेपाली कांग्रेस लगाएत ६ दलबीच निर्माण भएको ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ले कार्यदलमा रहने सदस्यहरुको नाम आज टुङगो लगाउने भएको छ ।

आज सबैदलले आआफ्नो पार्टीको तर्फबाट ‘बृहत् लोकतान्त्रिक गठबन्धन’मा सहभागि हुने नेताहरुको टुङगो लगाउने भएका हुन् ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा बसेको बैठकमा काँग्रेस सहित राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकबीच ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ निर्माण गर्ने सहमति भएको थियो ।

गठबन्धनमा रहने दलहरुबीच चुनावी तालमेल कहाँ, कसरी गर्ने भन्ने विषयमा गृहकार्य गरी औपचारिक सहमति जुटाउन ६ दलबीच ७ सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा कांग्रेसका २ र अन्य ५ दलबाट १ र १ सदस्य रहने भएका छन् । आजको छलफलमा दलहरुले कार्यदलमा बस्ने नेताहरुको टुङगो लगाए आजैदेखि कार्यदलले काम गर्न थाल्ने नेताहरुले बताएका छन् ।

यसैबिच
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच अस्ति भएको निर्णयअनुसार गठित कार्यदलले आजदेखि काम थाल्ने भएको छ । imagekhabar