एजेन्सी, १८ असोज – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकप फुटबल २०१८ का तयारीमा हुने कुनै किसिमको ढिलाई स्वीकार्य नहुने बताएका छन् ।

विश्वकप तयारीमा ढिलाई हुन नहुने भन्दै उनले त्यसको तयारीमा जुटेका अधिकारीलाई चेतावनी दिएका छन् । अहिले तयारी राम्रो रहेको भएपनि आउँदा दिनमा हुन सक्ने कुनै किसिमको ढिलासुस्ती स्वीकार्य नहुने उनको भनाई छ ।

रुसमा आउँदो वर्षको जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटबल हुँदैछ । रुसले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता देशका विभिन्न ११ शहरका १२ रंगशालमा हुनेछ ।