16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

त्रिभुवन विमानस्थलमा रोकिराखेको इथियोपियन एयरको जहाजबाट धुँवा निस्कियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

तस्वीरः एभियसन नेपाल

बुधबार बिहान १० बजेतिर त्रिभुवन विमानस्थलमा रोकिराखेकोे इथियोपियन जहाजबाट अकस्मात धुवाँ निस्केको देखिएको थियो । विमानभित्र आगो लागेर धँुवा निस्कएको अनुमान गरिएको छ । तर, त्यसको पुष्टी भएको छैन ।१८ असोज, काठमाडौं । नेपालबाट शान्ति सेनामा जाने नेपाली सेना लिन आएको इथियोपियन एयर (संयुक्त राष्ट्र संघ) जहाजमा एक्कासी धुँवा निस्केको छ । पार्किङ क्षेत्रमा रहेको बोइङ ७६७-३०० (ईआर) विमान चार्टड गरेर काठमाडौं ल्याइएको थियो ।

यसका लागि विमानस्थलमा रहेका अग्नी प्रतिरोधक संयन्त्रको प्रयोग गर्नु नपरेको उनले बताए । विमामनस्थलका अनुसार इथोपिय एयरको अन्तरिक अग्निप्रतिरोध प्रणालीबाटै धुावा नियन्त्रणमा आएको हो ।अहिले विमानबाट धुँवा निस्कन रोकिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले जानकारी दिए । ‘रोकिएको जहाजबाट एक्कासी धुँवा निस्कियो, अहिले नियन्त्रणमा ल्याइसकेका छौं, के कसरी धुवा निस्कियो भनेर अनुसन्धान गर्दैछौं,’ उनले भने ।

विमानमा यात्रु नभएका कारण अन्य मानवीय क्षती भने हुन पाएको छैन । अहिले धुँवा कसरी निस्कियो भनेर इथियोपियन एयरलाइन्सका जहाजका इन्जिनियरहरुले अध्ययन गरिरहेका छन् । प्रमुख उपाध्यायले भने,’त्यसको रिपोर्ट हामीलाई आएपछि आगो लागेको/नलागेको भन्ने पुष्टी हुन्छ ।’

तस्वीर स्रोतः एभियसन नेपाल

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     1:26:33 PM  |