15 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

पोखरामा पर्यटकलक्षित ‘फुलमुन बञ्जी’ 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

१८ आश्विन, २०७४ /  पोखरामा यस बर्षको कोजाग्रत पूर्णिमाका दिन असोज १९ गते बेलुका (फुल मुन ) बञ्जी जम्प हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका २५ स्थित हेम्जामा बिहीबार पर्यटकहरूलाई नयाँ अनुभव दिने उद्देश्यले पूर्णिमाको दिनमा फुल मुन बञ्जीको कार्यक्रम आयोजना गर्न लागेको हाईग्राउण्ड एडभेन्चर नेपाल प्रा.लि.ले जनाएको छ । दिनमा भन्दा रातिको समयमा सांगीतिक धुनको साथमा लाइटिङ हँुदाको क्षणमा बञ्जी गर्दाको अनुभन भिन्न हुने हँुदा आफरुहरूले पर्यटकलाई फरक स्वाद दिन पनि यस बर्ष कोजाग्रत पूर्णिमाको दिनमै उक्त कार्यmक्रम आयोजना गर्र्न लागिएको प्रालिका ब्रान्च म्यानेजर दिनेश महर्जनले बताए ।

उनले भने, “साहसिक खेल त्यसमा पनि रातिको समयमा सांगीतिक धुनको साथमा लाईटिङ हुँदा पर्यटकहरूलाई छुट्टै अनुभव हुने भएकोले गर्दा हामीले यस बर्ष पाँचौं संस्करणको फुल मुन बन्जी गर्न लागेका हौैं, हामी अधिकतम ५० जनासम्म उक्त वेलुका बञ्जी जम्प गराउन सक्छौं ।”

बेलुकाको समयमा बन्जी जम्प भए पनि दिउँसोकै मूल्यमा बञ्जी जम्प हुने भएको उनले बताए । नेपाली पर्यटकलाई ३ हजार ५ सय, सार्क मुलुकका पर्यटकलाई ६ हजार ८ सय र अन्य देशका पर्यटकहरूलाई भने ६८ अमेरीकन डलर शुल्क रहेको छ ।

फुल मुन बन्जीको लागि अग्रिम टिकट समेत बुकिङ हुन सुरु भएको उनले बताए । यस अघि ४ पटक भएको फुल मुनमा करिब एक सय ५० जनाले वेलुका रातिको समयमा पनि बञ्जी जम्प गरेको प्रालिले जनाएको छ । बार्षिक रूपमा करिब ४ हजार जनालाई बन्जी जम्प गराउन सफल भएको ब्रान्च म्यानेजर महर्जनले बताए ।

२०१४ बाट सुरु भएको बन्जी जम्प एक बर्ष पछि फुल मुनको रूपमा वेलुका पूर्णिमाको दिनमा बन्जी जम्प हुन सुरु भएको हो । बार्षिक रूपमा ४० प्रतितश जसो नेपाली र ६० प्रतिशत जसो विदेशी पर्यटकहरूले बञ्जी जम्प गर्ने गरेको महर्जनले जनाए ।

हाइग्राउण्ड एडभेन्चर नेपाल प्रा.लिले संचालन गरेको अर्को सहासिक खेल जिप फ्लायरलाई पनि अब बेलुकाको समयमा जिपफ्लायर गर्ने तयारी गरिएका पोखरा शाखा ब्रान्च म्यानेजर महर्जनले जनाए ।

२०१२ बाट सुरु भएको जिफ फ्लायरमा हालसम्म करिब २५ हजार भन्दा बढी पर्यटकरुले जिप फ्लायर गरेको महर्जनले जनाए ।  करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प गर्न सकिने भएको छ । बञ्जी जम्पकै मुल्य जिप फ्लायरमा पनि उहि रहेको छ ।                                 कारोेबारबाट

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     1:13:17 PM  |